काठमाडौं – सुनसरीको देवानगञ्जमा भएको हिंसालक घटना पछि कोशी प्रदेश डिआइजी विनोद घिमिरे लाई फिर्ता बोलाइएको छ । उनको ठाँउमा शेखर खनाललाई पठाईएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे,जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवे,सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यूतोडेर प्रदर्शन हुन थाले पछि सेना परिचालन गरिएको हो । सुरक्षा परिषद्को निर्णयमा सेना परिचालन हुनु पर्ने भए पनि निर्णय वारे कुनै जानकारी दिइएको छैन । देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
