काठमाडौं – सुनसरीको देवानगञ्जमा नेपाली सेना परिचालन गरिएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यूतोडेर प्रदर्शन हुन थाले पछि सेना परिचालन गरिएको हो । सुरक्षा परिषद्को निर्णयमा सेना परिचालन हुनु पर्ने भए पनि निर्णय वारे कुनै जानकारी दिइएको छैन । देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
