काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई २६ आरोप लगाएका छन । उनले शिंहदरवार जलाएको देखि जेनजी आन्दोलनका मृतकलाई अपमान गरेको सम्म आरोप लगाएका छन ।
१) श्रीमतीलाई ट्राफिकले केहीबेर रोक्दा “सिंहदरबार जलाइदिन्छु” भन्ने अभिव्यक्ति आयो, अन्ध समर्थन गर्यौ।
(२) केही वर्षमै सिंहदरबारमा आगजनी हुँदा पनि अन्ध समर्थन गर्यौ।
(३) जनतासँग भेट्नै कठिन हुने, खोपीको देउताजस्तै बन्ने शैली अपनाउँदा पनि अन्ध समर्थन गर्यौ।
(४) गरिब र विपन्नलाई लखेट्ने नीति आउँदा पनि अन्ध समर्थन गर्यौ।
(५) आफ्नै सुविधाका लागि छुट्टै लिफ्ट बनाउँदा पनि अन्ध समर्थन गर्यौ।
(६) फेसबुकमा जथाभावी लेख्दै गाली–गलौज गर्दा पनि अन्ध समर्थन गर्यौ।
(७) आफूले प्रेरित गरेका भनिएका जेन्जी युवाहरूको मृत्यु हुँदा श्रद्धाञ्जलीसम्म नदिँदा पनि अन्ध समर्थन गर्यौ।
(८) घाइते जेन्जीहरूलाई अस्पतालमा भेट्नसमेत नगर्दा पनि अन्ध समर्थन गर्यौ।
(९) मृत्यु भएका जेन्जीहरूको अन्तिम संस्कारमा समेत सहभागी नहुँदा पनि अन्ध समर्थन गर्यौ।
(१०) आन्दोलन हिंसात्मक बनेपछि सहयोगको आग्रह गर्दा पनि अगाडि नआउँदा अन्ध समर्थन गर्यौ।
(११) फेसबुकबाट सबैलाई गाली गर्दै हिँड्दा पनि अन्ध समर्थन गर्यौ।
(१२) सार्वजनिक मञ्चबाट विवादास्पद अभिव्यक्ति दिँदा पनि अन्ध समर्थन गर्यौ।
(१३) मेयर हुँदा एउटा राष्ट्रवादी अडान देखाउने, प्रधानमन्त्री हुँदा फरक अडान लिँदा पनि अन्ध समर्थन गर्यौ।
(१४) जनताको प्रश्न नसुन्ने, आफूलाई सर्वोपरि ठान्ने र जवाफदेही नबन्दा पनि अन्ध समर्थन गर्यौ।
(१५) सुकुम्बासीलाई घर न घाटको बनाउने अवस्था सिर्जना हुँदा पनि अन्ध समर्थन गर्यौ।
(१६) जनतामाथि निरन्तर नयाँ कर र आर्थिक भार थपिँदा पनि अन्ध समर्थन गर्यौ।
(१७) महँगा गाडी चढ्दै गरिबमारा नीति ल्याउँदा पनि अन्ध समर्थन गर्यौ।
(१८) जनतामा आशा र विश्वास जगाउन नसकी निराशा बढाउँदा पनि अन्ध समर्थन गर्यौ।
(१९) चिया पसलतिर जान समय निकाल्ने तर संसदमा उपस्थित नहुँदा पनि अन्ध समर्थन गर्यौ।
(२०) हटाइएको सांसदको स्वकीय सुविधा नहटाई अझ थप सुविधा दिने कुरा गर्दा पनि अन्ध समर्थन गर्यौ।
(२१) पुरानै शैलीमा आफ्ना र नजिककालाई नियुक्ति गर्दा पनि अन्ध समर्थन गर्यौ।
(२२) विवादित गृहमन्त्रीलाई फेरि त्यही जिम्मेवारी दिँदा पनि अन्ध समर्थन गर्यौ।
(२३) जनतालाई ऋणमाथि ऋणको भारी बोकाउँदा पनि अन्ध समर्थन गर्यौ।
(२४) जनतामाथि अत्यधिक जरिवाना लगाउने नीति ल्याउँदा पनि अन्ध समर्थन गर्यौ।
(२५) आफ्नालाई जोगाउने र विपक्षीलाई मात्र लखेट्ने आरोप लाग्दा पनि अन्ध समर्थन गर्यौ।
(२६) सरकारको आलोचना गर्ने र आफ्नाविरुद्ध बोल्नेलाई कारबाही गर्ने आरोप लाग्दा पनि अन्ध समर्थन गर्यौ।
अब भन, अझै कति अन्ध समर्थन गर्ने हो?
लोकतन्त्रमा कुनै पनि नेता वा सरकार प्रश्नभन्दा माथि हुँदैन। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने साहस नै सचेत नागरिकको पहिचान हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
