Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फिलन्डर्स युनिभर्सिटी र फिलन्डर्स युनिभर्सिटी एकेडेमी भर्ना कार्यक्रम हुँदै 


  • मंगलबार, असार ३० २०८३

  • फिलन्डर्स युनिभर्सिटी र फिलन्डर्स युनिभर्सिटी एकेडेमी भर्ना कार्यक्रम हुँदै 

    काठमाण्डौं । नेपालबाट अस्ट्रेलिया अध्ययन गर्नका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै २०८३ साउन १ गते काठमाण्डौंमा फिलन्डर्स युनिभर्सिटी र फिलन्डर्स युनिभर्सिटी एकेडेमी एडमिसन डे आयोजना हुने भएको छ ।

    काठमाण्डौंको प्रर्दशनीमार्ग स्थित कनेन्ट अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी काठमाण्डौले आयोजना गर्न लागेको कार्यक्रममा विद्यार्थीहरुले अस्ट्रेलियाको फिलन्डर्स विश्वविद्यालयमा प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी परामर्श लिन सक्नेछन ।

    कार्यक्रममा विद्यार्थीहरुले आफ्नो शैक्षिक पृष्ठभूमि र रुचिअनुसार व्यक्तिगत रुपमा परामर्श लिन पाउनेछन भने विभिन्न छात्रवृत्तिका अवसरहरुबारे विस्तृतमा जानकारी प्रदान गरिनेछ । यस्तै उपयुक्त कोर्ष छनोट र भर्ना प्रक्रियाबारे विशेषज्ञहरुले प्रत्यक्ष मार्गदर्शन गर्नेछन ।

    कार्यक्रममा विद्यार्थीहरुलाई परामर्श दिनका लागि फिलन्डर्स विश्वविद्यालयका बंगलादेश तथा नेपालका प्रतिनिधि शाहिनुल इस्लाम र फिलन्सर्ड विश्वविद्यालय एकेडेमीका दक्षिण यसिया तथा अफ्रिका क्षेत्रका प्रतिनिधि दिनुक बस्केरन उपस्थित हुनुहुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij