विराटनगर – अपराधिक लाभ मुद्धामा थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गर्दै काठमाडौं लगेको छ । गिरीलाई सोमबार राति विराटनगर विमानस्थलबाट काठमाडौं लगिएको हो । जिल्ला कारागार मोरंगका कैदीबन्दीको आर्थिक हिनामिना गरेको आरोपमा पक्राउ परेका गिरीलाई सोमबार मोरंग जिल्ला अदालतले थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । उनलाई अदालतले आदेश दिएसंगै प्रहरीले भ्यानमा राखेर विमानस्थल लगेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
