काठमाडौं – सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गर्न हिरासतमा रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सात हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासबाट उक्त म्याद थपको आदेश भएको हो। सोमवार सुर्खेतबाट पक्राउ गरी मंगलवार काठमाडौ ल्याइएका पौडेललाई आजै अदालत उपस्थीत गराइएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
