काठमाडौं – नेपालमा आज १८औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०६५ साल जेठ १५ गते तत्कालीन संविधानसभाले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ।
यस अवसरमा देशभर सरकारी तथा गैरसरकारी निकायले विशेष कार्यक्रम आयोजना गरेका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति, उच्च पदस्थ अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको छ।
गणतन्त्र दिवसले जनताको अधिकार, लोकतान्त्रिक व्यवस्था र समावेशी शासन प्रणालीलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
