Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उपत्यकाका नदि किनारको मापदण्ड सम्बन्धी फैसला सर्वोच्चले उल्टायो


  • बुधबार, जेष्ठ ६ २०८३

  • काठमाडौं उपत्यकाका नदि किनारको मापदण्ड सम्बन्धी फैसला सर्वोच्चले उल्टायो

    काठमाडौं – सर्वोच्च अदालतले नदि किनार मापदण्ड सम्बन्धी आफ्नै फैसला उल्टाएको छ । काठमाडौं उपत्यका तथा सहायक नदिमा तोकिएको मापदण्ड वाहेक थप २० मिटर छाड्नु पर्ने भनि संयुक्त इजलाशले गरेको फैसला पुनरावलोकन गर्दै उल्टाएको हो ।

    संयुक्त इजलासबाट भएको फैसला पुनरावलोकन गर्दै न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको तीन सदस्यिय पूर्ण इजलासले १ मंसीर, २०६५ मा निर्धारित मापदण्ड कायम हुने आदेश गरेको हो ।

    अव बागमती, विष्णुमती र मनहरा किनाराबाट २० मिटर छाडेर निर्माण गर्न पाइने भएको छ ।

    नख्खु खोलामा १२ मिटर छाड्नु पर्छ भने बल्खु, कर्मनासा, कोइके, साले र महादेव खोलामा १० मिटर छाड्नुपर्नेछ त्यसै गरी करखुसी खोलामा ६ मिटर छाड्नुपर्नेछ भने टुकुचा, सामाखुसी, र उपत्यकामा बग्ने अरु खोलामा ४ मिटर छाड्नुपर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij