Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू यस्ता छन  


  • बिहिबार, बैशाख १० २०८३

  • मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू यस्ता छन   

    काठमाडौं – मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको प्रेस विज्ञ दिपा दाहालले सरकारले गरेको तीन निर्णय यस प्रकार छ :

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू निम्नुसार छन्:

     

    १) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वार्ता टोली गठन: ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एसियाली विकास बैंक (ADB) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्झौता र सम्बन्धित दस्तावेजहरूलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ।

     

    २) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता: २०७५ भदौ २१ को मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय गरेको थियो। बिहीबारको बैठकले उक्त निर्णय सच्याउँदै सो जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको छ।

     

    ३) सूचना प्रविधि अध्ययन कार्यदल गठन: सरकारी निकायहरूमा रहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी प्रणालीहरूको अध्ययन र सुधारका लागि सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij