काठमाडौं – अमेरिकी सहायक सचिव पल कपुरको नेपालको भ्रमण सम्पन्न भएको छ । भ्रमणलाई नेपाल स्थीत अमेरिकी दुतावासले फलदायी भ्रमण भनेको छ । भ्रमणका क्रममा कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको उच्चस्तरीय भेटघाटमा उनले अमेरिका-नेपाल साझेदारीलाई गहिरो बनाउने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने बारेमा छलफल गरे।
उनले आगामी सेलेक्ट युएसए लगानी शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका अवसरहरूको बारेमा विचार साझा गरे र नेपालको बढ्दो र गतिशील प्रविधि क्षेत्रमा थप सहकार्यको खोजी गर्न अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदारहरूलाई बोलाए।
उनले बौद्धनाथ स्तुपा र पाटन दरबार स्क्वायरको भ्रमण गरेर नेपालको समृद्ध इतिहास र संस्कृतिको अनुभव पनि गरे – जुन स्थलहरू संयुक्त राज्य अमेरिकाले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष मार्फत संरक्षण गर्न मद्दत गरेको दुतावासले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
