Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले संसदिय दलको नेता चयन प्रति योगेश भट्टराईको असन्तुष्टी


  • बुधबार, चैत्र १८ २०८२

  • एमाले संसदिय दलको नेता चयन प्रति योगेश भट्टराईको असन्तुष्टी

    काठमाडौ – नेकपा एमालेको संसदिय दलको नेतामा उपाध्यक्ष रामवहादुर थापा निर्वाचित भए पछि एमाले उप महासचिव योगेश भट्टराईले असन्तुष्टि प्रकट गरेका छन । ‘नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएकोछ ‘- उनले भनेका छन । दलको नेतामा सुहाङ नेम्वाङ आकांक्षी थिए ।

    निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएकोछ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij