काठमाडौं – अध्यक्ष केपी शर्माओली पक्राउ परे पछि एमालेले आन्दोलन घोषणा गरेको छ । एमाले सचिवालयको निर्णय यस प्रकार छ :
पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष क. केपी शर्मा ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित आज बसेको नेकपा एमालेको सचिबालयको बैठकले निम्न कार्यक्रमहरू तय गरिएको छ:
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
