काठमाडौं – चुनावको मिति नजिकिदा जाँदा अत्य दल त्यागेर कांग्रेस प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । अन्य दलबाट पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्बेवारी दिने निति समेत कांग्रेसले बनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विभिन्न दल त्यागेर कांग्रेस प्रवेश गर्ने लहर चलेको र अझै धेरैसंग सम्वाद चलिरहेको बताए । आइतबार आयोजित पत्रकार सम्मेलनमा दल त्यागेर आउने क्रम अझै बढ्ने चालिसेले बताए ।
यता काठमाडौं क्षेत्र ५ मा समेत पार्टी प्रवेशको क्रम बढेको छ । अघिल्लो निर्वाचनमा सोहि क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका प्रणय शमशेर राणा कांग्रेस प्रवेश गरेका छन । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दीपक केसी समेत कांग्रेस प्रवेश गरेका छ्न । कांग्रेसबाट उक्त क्षेत्रमा उम्मेदवार बनेका प्रदिप पौडेलको अग्रसरतामा राणा र केसीको कांग्रेस प्रवेश सम्भव भएको हो ।
राणालाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यको जिम्वेवारी दिने तयारी छ भने केसीलाई आगामी प्रदेश निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनाउँने समझदारी बनेको छ । केसी काठमाडौं महानगर पालिकाको पूर्ववडाअध्यक्ष हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
