काठमाडौँ, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी आज दर्ता हुँदैछ। राजनीतिक दलहरूले प्रत्यक्षतर्फका अधिकांश उम्मेदवार टुंग्याइसकेका छन् भने केही उम्मेदवार टुंग्याउन बाँकी छन्। विशेषगरी नेपाली कांग्रेसले केही स्थानमा उम्मेदवारी टुंग्याउन बाँकी नै छ।
प्रत्यक्षतर्फका उम्मेदवारहरू आफ्नो मनोनयन दर्ता गर्न जिल्ला–जिल्लामा पुगिसकेका छन् भने जिल्ला तथा निर्वाचन क्षेत्रमा पुग्न नसक्ने उम्मेदवारहरूले वारेश मार्फत उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
