काठमाडौं – नेपाली कांग्रेस भित्र युद्धविरामको तयारी भएको छ । तीन धारमा विभाजित कांग्रेस चुनावको मुखमा मिल्न लागेका हुन । विशेष महाधिवेशन बाट निर्वाचित गगन थापा पक्ष , शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्ष सहमतिको तयारी छ । अहिले सहमतिको खाका तयार पार्ने काम भईरहेको छ । सहमतिको खाका बनाउन कांग्रेस प्रवक्ता देवराज चालिसे र मधु आचार्य, देउवा पक्षका रमेश लेखक र कोइराला पक्षका मिनेन्द्र रिजाल महाराजगञ्जमा छलफलमा रहेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
