Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विदाईको शिष्टाचार समेत पुरा गरेनन् बालेन्द्र साहले


  • आइतबार, माघ ४ २०८२

  • विदाईको शिष्टाचार समेत पुरा गरेनन् बालेन्द्र साहले

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन लड्ने तयारी गरेका साहले माघ ४ गते राजीनामा दिएका हुन्।
    उनको राजीनामापछि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र कर्मचारीहरूले मेयर साहलाई बिदाइ गर्ने कार्यक्रम तय गरेका थिए। तर मेयर साह बिदाइ कार्यक्रममा सहभागी भएनन्। यति लामो समयसम्म महानगरमा सँगै काम गरेका जनप्रतिनिधि र कर्मचारीहरूले बिदाइ गर्न खोज्दा समेत मेयर साह सहभागी नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिहरू खिन्न बनेका छन्।
    कतिपयले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित तथा चर्चामा रहेका बालेन्द्र साहले बिदाइको सामान्य शिष्टाचारमा समेत सहभागी नहुनु गैरराजनीतिक चरित्रको रूपमा टिप्पणी गरेका छन्।
    उनी काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा रहँदा कहिल्यै विवादमुक्त रहेनन्। कहिले सडकपेटिका (फुटपाथ) व्यवसायीहरूमाथि क्रूर र अमानवीय व्यवहार गरे, भने कहिले सुकुम्बासीहरूलाई हटाउन अत्यधिक बल प्रयोग गरे।
    पछिल्लोपटक उनी कबाड व्यवसायीहरू प्रति निकै कठोर ढंगबाट प्रस्तुत भएका थिए। सार्वजनिक जग्गा संरक्षण, फुटपाथ निर्माण, सिसी क्यामेरा जडानजस्ता केही महत्वपूर्ण काम गरेर चर्चा पाएका बालेनको कार्यकाल विवादै विवादमा सकिएको थियो र उनी अन्ततः काठमाडौँ महानगरपालिकाबाट बिदा भएका छन्।
    उनसँगै उनले आफ्नो काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले समेत राजीनामा दिइसकेका छन्। उनको पनि बिदाइ भइसकेको छ। पाण्डेसहित उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij