काठमाडौं – मुलुकको सवै भन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अन्ततः विभाजित भएको छ । सहमतिका अनेक प्रयास सफल नभए पछि कांग्रेस विधिवत रुपमै विभाजित भएको हो । पार्टी निर्णय विना विशेष महाधिवेशन गरेको भन्दै कांग्रेसले महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्मालाई पाँच वर्षका लागी कारवाही गरेको छ । थापा र शर्मा सहित सहमहामन्त्री फरमुल्लाह मन्सुर लाई पनि कांग्रेसले निष्काशन गरेको छ । उता विशेष महाधिवेशन पक्षधरले आजै नयाँ कार्यसमिति गठन गर्दै छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
