Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस विभाजन रोक्ने विकल्पहरु के – के हुन सक्दछन् ?


  • शुक्रबार, पुष १८ २०८२

  • कांग्रेस विभाजन रोक्ने विकल्पहरु के – के हुन सक्दछन् ?

    काठमाडौं – नेपाली कांग्रेस विभाजनको डिल मा पुगेको छ । निर्वाचन अघि महाधिवेशन सम्भव नभए पछि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पुष २७ गते विशेष महाधिवेशन बोलाए पछि निर्वाचनको मुखमा कांग्रेस आन्तरिक विवादको भूमरीमा फसेको हो । विशेष महाधिवेशन पक्षधरले ५२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्दा पनि संस्थापन पक्षले वेवास्ता गरेको आरोप लगाएको छ भने संस्थापन पक्षले महामन्त्री नेतृत्वको समितिले क्रियाशिल सदस्यताको विषय टुङ्गो लगाउँने काम नगरेकाले नियमित महाधिवेशन हुन नसकेको दावी गर्दै आएको छ ।
    यहि खिचातानीका विच थापा र शर्माले पुष २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन । नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेको भन्दै विशेष महाधिवेशनको औचित्य नभएको संस्थापन पक्षको दावी छ । विशेष महाधिवेशन महामन्त्रीले नभई पार्टी केन्द्रीय समितिले बोलाउँनु पर्ने पनि संस्थापन पक्षको तर्क छ ।
    पछिल्लो परिस्थिति वारे छलफल गर्न शुक्रवार कार्यसम्पादन समितिको वैठक बोलाईएको छ ।

    अव के हुन्छ ?

    महामन्त्रीद्वयले विशेष महाधिवेशन भन्दै हल समेत बुक गरेर अघि बढेका ले पछि फर्किने सम्भावना निकै कम रहेको बताइन्छ । महामन्त्री थापा प्रतिवेदन लेखनमा समेत लागेका छन । उनीहरुको यो कदम बैद्यानिक भन्दा पनि राजनितिक देखिन्छ ।
    यता संस्थापन पक्ष विशेष महाधिवेशन स्वीकार गरेर जाने अवस्थामा छैन । सभापति र केन्द्रीय समितिलाई छलेर बोलाईएको र विधानसम्मत समेत नरहेको विशेष महाधिवेशनमा जान नसकिने उनीहरुको भनाई छ । संस्थापन पक्षमा डा.शेखर कोइराला पक्षधर समेत मिसिने देखिन्छ ।
    यस्तो अवस्थामा केन्द्रीय समितिको बैठक बोलाएर साझा ढंगले विशेष महाधिवेशन बोलाउँने, महामन्त्रीहरुले बोलाएको विधान र विधि विपरितको विशेष महाधिवेशन स्वीकार गरेर लतारिने वा पार्टी विभाजनको लागी तयार रहने विकल्प संस्थापन पक्षसंग बाँकी छ ।
    महामन्त्रीद्वयले आव्हान गरेको विशेष महाधिवेशन स्थागित गरेर नयाँ समझदारी भएमा पनि कांग्रेसको संकट तत्काललाई टर्न सक्दछ । जुन सम्भावना न्युन छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij