काठमाडौँ । आज पुष १४ गते विभिन्न राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाइरहेका छन्। आगामी निर्वाचनलाई दलहरूले कानुनले तोकेको समयसीमाभित्र सूची दर्ता गरिरहेका हुन्।
निर्वाचन आयोगका अनुसार संघीय संसद सदस्यका लागि समानुपातिकतर्फ दलहरूले आफ्नो बन्द सूची पेश गरिरहेका छन्। सूचीमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पिछडिएका क्षेत्रका समुदायको समावेशिता अनिवार्य गरिएको छ।
आयोगले प्राप्त सूचीको प्रारम्भिक जाँचपछि कानुनी प्रावधानअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। बन्द सूची बुझाउने कार्य आजै सम्पन्न हुने आयोगको तयारी छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
