Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

करिब एक सय ४ किलो गाँजा सहित दुई जना पक्राउ


  • मंगलबार, मंसिर १६ २०८२

  • करिब एक सय ४ किलो गाँजा सहित दुई जना पक्राउ

    पर्सा, पटेर्वा सुगौली गाउँपालिका-२ रङ्गपुर टाडी टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४ किलो ३ सय २५ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका-८ धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भिम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-१ आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रङ्गपुरटाडीतर्फ आउँदै गरको बिएबि २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भिम र गाडीमा सवार कुमारलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij