Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हत्या गरेको अभियोगमा पक्राउ


  • बुधबार, मंसिर १० २०८२

  • हत्या गरेको अभियोगमा पक्राउ

    नवलपरासी पूर्व, आफ्नै बुवा ६० वर्षीय राम बहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका-१ जुगेपानी बस्ने ३० वर्षीय सन्त कुमार विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    सन्त कुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा राम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका राम बहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij