काठमाडौं – जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गए राति उनलाई पक्राउ गरिएको थियो । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएकाे आराेप छ।
आयोगले गऱ्यो अनुगमन
यसै विच राष्ट्रिय मानव अधिकार आयोगले प्रसाई पक्राउको अनुगमन गरेको छ । आयोगले हिरासतमै पुगेर अनुगमन गरेको जनाएको हो । साथै आयोगले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
