Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा सामान्य गिरावट


  • आइतबार, कार्तिक ३० २०८२

  • शेयर बजारमा सामान्य गिरावट

    काठमाडौं – साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा कायम भएको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

    यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आइतबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो ।

    आज एसबिएल डिबेञ्चर २०८९ को सर्वाधिक कारोबार भएको छ । आज यसको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij