Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा सामान्य वृद्धि


  • मंगलबार, कार्तिक २५ २०८२

  • शेयर बजारमा सामान्य वृद्धि

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अकंले बढेर २५६५.१६ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

    यसदिन ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घठेको छ ।

    मंगलबार १४२ कम्पनीको बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको स्थिर रहेको देखिन्छ ।

    आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij