काठमाडौं -नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बैठकमा महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव प्रस्ताव गरेका छन । १५औ महाधिवेशन पुस १६देखि १९ सम्म गर्न प्रस्ताव गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।
महामन्त्री थापाले पेश गरेको महाधिवेशन तालिका यस्तो छ :
पुस १६देखि १९ गते।
मंगसिर १० गते सम्म – क्रियाशील नवीकरण र नयाँ वितरण
मंगसिर १०-२० गते सम्म- क्रियाशील छानबीन गर्ने
मंगसिर २४ गते- निर्वाचन समितिलाई हस्तान्तरण
मंगसिर २७ गते : वडा अधिबेशन
पौष ५ : क्षेत्रिय अधिबेशन
पौष १६-१९ : १५ औ केन्द्रीय महाधिवेशन
सहमहामन्त्री यादवले पेश गरेको महाधिवेशन तालिका यस्तो छ :
मंसिर २० गते सम्म – क्रियाशील नवीकरण र पौष ५ गते सम्म : नयाँ वितरण
पौष २० गते सम्म : निर्वाचन समितिलाई क्रियाशील हस्तान्तरण
चैत्र १ गते : वडा अधिबेशन
चैत्र ५ गते : पालिका अधिबेशन
चैत्र १२ गते : प्रदेश क्षेत्रीय अधिबेशन
चैत्र २० गते : संघीय क्षेत्रिय अधिबेशन
चैत्र ३० गते : जिल्ला अधिबेशन
वैशाख १५ गते : सात प्रदेश अधिवेशन
वैशाख २७-२९ : १५ औं केन्द्रीय महाधिवेशन
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
