काठमाडौं – नेपाली हरुको ठूलो चाढ दशैं र तिहार सकिए लगत्तै सरकारले सुरक्षा अवस्थाको शुष्म विश्लेषण सुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखसंग शनिवार बैठक गरिन। उक्त बैठकमा सुरक्षा अवस्थाको विश्लेषण गरियो ।
आखिर सरकार किन सुरक्षा अवस्थाका बारेमा अन्तरिक विश्लेषणमा छ त ? निर्वाचन मिति घोषणा गरेको सरकारले चुनाव गराउन राजनितिक वतावरण तयार पारेको छैन । औपचारिकताका लागी केहि बैठकहरू गरे पनि सरकारले चुनाव हुन्छ भन्ने विश्वास दिलाउँन सकेको छैन ।
कांग्रेस र माओवादीले चुनाव सुनिश्चित भएमा भाग लिने बताए पनि नेकपा एमालेले संसद पुर्नस्थापना हुनु पर्ने निर्णय गरेको छ । एमालेले संसद पुर्नस्थापनाको लागी अदालतको मात्रै भर नपरेर आन्दोलनमै जाने सम्भावना बलियो बन्दै गएको छ । सरकारले देखेको सुरक्षा चुनौति एमालेको सम्भावित कदम एउटा कारण हो ।
राजावादीहरुलाई संगठित गर्दै आन्दोलनको तयारी गरेका दुर्गा प्रसाई अर्को सुरक्षा चुनौति हो । जसले ठूलो आन्दोलनको चेतावनी दिइरहेका छन । विगत्मा प्रसाईले गरेको आन्दोलनको शैलीले पनि सुरक्षा सम्वेदनशिलता बढेको हो ।
सुरक्षाको अर्को चुनौति स्यंम जेनजी भन्दै हिड्ने सुधन गुरुङ, विभिन्न समूह बनाएका जेनजीहरु र अध्यारो कोठामा बसेर मानिसहरू भड्काउँने काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र साह हुन ।
मेयर साहले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारलाई दवाव दिइरहेका छन । जुन कुराको पक्षमा गृहमन्त्री ओमप्रकाश अर्याल नै छ । यदि आन्दोलन दमन गरेको नाममा उनीहरुलाई पक्राउ गरिए सुरक्षा चुनौति थपिन सक्दछ ।
जेनजीहरूले उठाएको भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टहरुलाई कारवाही गर्न दवाव सरकार माथी चर्को दवाव छ । जेनजीका नाममा पनि त्यो दवाव बढिरहेको छ । यस विषयमा सरकारले कुनै कदम चालेमा पनि सुरक्षा ब्यवस्था माथी प्रश्न उठ्न सक्दछ । गृहमन्त्री अर्यालले शुसासको पक्षमा कदम चल्ने र उक्त कदमले चुनावको वातावरण भाँडियो भन्न नपाइने बताइसकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
