Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्वाचनकाे वातावरण बनाए पार्टी सहभागी हुन्छ : कार्यवहाक सभापति खड्का


  • बुधबार, कार्तिक ५ २०८२

  • निर्वाचनकाे वातावरण बनाए पार्टी सहभागी हुन्छ : कार्यवहाक सभापति खड्का

    सुर्खेत, कात्तिक ४ ।
    नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनकाे वातावरण बनाए पार्टी सहभागी हुने बताएका छन् । `चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लाेकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,´ मंगलबार सुर्खेतमा आयाेजित पूर्व पार्टी सभापति गाेविन्दबहादुर मल्लकाे १३ ओैं पून्यतिथिमा आयाेजित श्रद्धाञ्जलीसभालाई सम्बाेधन गर्दै उनले भने, `अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरकाे छैन् ।´
    कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हमे भने जनजीकाे पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायकाे मनाेवल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाकाे प्रत्याभूति गराउनुपर्ने बताए ।
    कार्यवाहक सभापति खड्काले सरकार चुनावकाे वातावरण बनाउन छाेडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाल्छना लगाउने, भ्रम सृजना गर्ने, अहिलेकाे अन्याेललाई बढाउने काम गरिरहेकाे आराेप लगाए ।
    `हामी कुनै पनि खालकाे कानुनी प्रक्रियाबाट हुने छानवीन अनुसन्धानहरूमा खुल्ला छाैं,´ उनले भने, `तर, सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाल्छना लगाउनेलगायतका कार्यहरू भइरहेकाे छ, यसतर्फ म सरकारकाे गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।´
    कार्यवाहक सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिबेशन, अहिलेकाे वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij