Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन्द्र साह र सुदन गुरुङ विरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी


  • आइतबार, असोज २६ २०८२

  • बालेन्द्र साह र सुदन गुरुङ विरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

    काठमाडौं – काठमाडौ महानगर पालिका का मेयर बालेन्द्र साह र जेनजी आन्दोलनका सुदन गुरुङ विरुद्ध नेविसंघले उजुरी दिएको छ । काठमाडौं प्रहरी परिसर र ललितपुर प्रहरी परिसरमा उजुरी दिइएको छ । नेविसंघले जाहेरी दर्ताका लागि २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र जाहेरी दर्ता नभएको खण्डमा आफूहरु सडकमा उत्रिने नेविसंघले जनाएको छ ।

    भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा उस्काएको सार्वजनिक र निजि सम्पत्ति ध्वस्त पारेको, कुटपिट तथा आगजनी गराएको आरोप उनीहरु माथी लगाइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij