Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चुनाव र नेता पक्राउ बारे सरकारमै दुई धार


  • मंगलबार, असोज २१ २०८२

  • चुनाव र नेता पक्राउ बारे सरकारमै दुई धार

    काठमाडौं – जेन – जी आन्दोलनमा दमन गरी प्रदशनकारी मारेको आरोपमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दवाव बढ्‌दै गए पछि सरकारले आन्तरिक तयारी सुरु गरेको छ । गए राति अवेर सम्म प्रधानमन्त्री शुसिला कार्कीले सुरक्षा अधिकारीहरुसंग छलफल गरेकी छिन ।

    प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी हुन् ।

    गृहमन्त्री अर्याल ओली र लेखकलाई पक्राउ गर्न हत्तारिएका छन । उनले प्रधानमन्त्री कार्कीलाई समेत दवाव दिइरहेका छन । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहको दबावमा गृहमन्त्री अर्याल वली र लेखकलाई जसरी पनि पक्राउ गर्नु पर्नेमा अडिक छन ।

    गए रातिको छलफलमा सुरक्षा निकायका अधिकारीहरुले तत्काल पक्राउ गर्दा शान्ति सुरक्षा देखी अहिलेको परिस्थिति गडवड हुन सक्ने ब्रिफिङ सुनाए पछि निर्णय हुन सकेन ।

    प्रधानमन्त्री कार्की भने पूर्वन्यायाधिश गौरी बहादुर कार्की नेतृत्वको आयोगबाटै पक्राउ आदेश आए हुन्थ्यो भन्नेमा छिन भने गृहमन्त्री अर्याल तत्काल पक्राउ गरेर मुद्दा अघि बढाइ हाल्ने पक्षमा देखिएका छन ।

    प्रधानमन्त्री कार्की घोषित मितिमै निर्वाचन होस् भन्ने चाहन्छिन् । त्यसैले अहिले एमाले अध्यक्ष समेत रहेका ओलीलाई पक्राउ गर्दा परिस्थिति विग्रिन सक्ने तर्फ सचेत छिन भने गृहमन्त्री अर्याल निर्वाचन नभए पनि फरक नपर्ने पक्षमा छन ।

    त्यहि भएर अहिले जेन जी आन्दोलनका अगुवाहरू समेत विभाजित छन । कहि अगुवा अहिले प्रत्यक्ष कार्यकारीको चुनाव हुनु पर्ने भन्ने थालेका छन । त्यो भनेको संविधानकै खारेजी हो । जो बालेन्द्र साह चाहन्छन् । साह कै चाहना भन्दा बाहिर गृहमन्त्री टसमस हुने छैनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij