
काठमाडौं – प्रधानमन्त्री, मन्त्री र सम्बैधानिक तथा विशिष्ठ पदमा बस्ने व्यक्तिले पद तथा गोपनियताको सपथ खाने सम्बैधानिक व्यवस्था छ । उक्त सपथ पदमा बाहाल रहँदा वा नरहदा गोपनियता कायम राख्छु भन्ने ब्यहोराको हुन्छ । त्यसको मतलब कतिपय कुरा पदमा नरहदा पनि खोल्न मिल्दैन ।
तर केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल अहिले पदमा रहँदाका प्रशंगहरु सार्वजनिक गरेर भाइरल बनेका छन ।
प्रचार र स्टण्डका भोका पौडेलले सामाजिक सञ्जाल खुलाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग मन्त्री परिषद बैठकमा आधा घण्टा चर्काचर्की गरेको भन्दै प्रचार गरेर भाइरल हुने यात्रा सुरु गरेका थिए ।अहिले पौडेलले आन्दोलनका वेला प्रधानमन्त्री ओलीले यसो भने, उसो भने भन्दै धज्जी उठाएर प्रचार गरिरहेका छन । ओलीले सामाजिक सञ्जाल बन्द गर्दा सार्वजनिक रूपमा एक शब्द नबोलेका पौडेल, मन्त्रीपरिषद बैठकमा एकाएक ‘ओली भर्सेस पौडेल’ भयो भने झैं गरी प्रचार गरिरहेका छन ।
पौडेलको दावी शतप्रतिशत झुट भएको मन्त्री परिषदका अरु सदस्य बताउँछन् । ओली मन्त्रीपरिषदका एक मन्त्री भन्छन् – ‘बैठकमा प्रधानमन्त्रीसंग चर्काचर्की भन्ने कुरा हुँदैन । त्यहाँ अल्पमत र बहुमत पनि हुँदैन । प्रधानमन्त्री पद्धतिमा प्रधानमन्त्रीले ल्याएको प्रस्तव स्वतः पारित हुन्छ । निर्णय चित्त नबुझे राजिनामा दिएर हिड्ने हो ।’
पौडेल त्यत्तिमा मात्रै सिमित छैनन । आन्दोलनको समयमा ओलीले दम्भ र अहंकार देखाए, आन्दोलनकारीका माग सम्बोधन गर्न तयार भएनन् , सुरक्षा अधिकारीहरुसंग रिसाए भन्ने जस्ता प्रचार गरिरहेका छन । आफै मन्त्री रहेको सरकार र प्रधानमन्त्रीका बारेमा उनले गरेको टिप्पणीलाई शोभनिय मानिएको छैन ।
कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पौडेल यतिवेला आन्दोलनका बेला प्रधानमन्त्रीले कस्लाई भेटे, के भने, हाउभाउ कस्तो थियो, बैठकमा कसरी प्रस्तुत भए, कुन कुन शब्द प्रयोग गरे भन्ने सबैकुरा संचार माध्यममा बताउँदै भाइरल बनिरहेका छन ।
राजनितिक दल र नेताले टाउको उठाउँन सकेका छैनन । शिंहरबार, सर्वेच्च अदालत, संसद भवन, सरकारी निकाय , पार्टी कार्यालय, नेताका घर ध्वस्त परिएका छन । संसद विधानको घोषणा गरिएको छ । मुलुकमा गम्भिर राजनितिक संकट उत्पन्न भएको छ । संविधानले चिन्दै नचिनेको सरकार गठन भएको छ । घोषित निर्वाचन अन्यौलमा छ । यस्तो जटिल परिस्थितिमा ओली सरकारका स्वास्थ्य मन्त्री पौडेलले गरेको प्रचारले मानिसहरुमा थप आक्रोश र नकारात्मक भावको विकास गराएको छ ।
सरकार ढल्ने स्थिति नहुँद सम्म सत्तामा लिप्त हुने, ओरालो लागे पछि खेदो खनेर प्रचारमा रमाउँने पौडेलको शैली राजनितिक र नैतिक हिसावले समेत गलत छ । जनता र कार्यकर्ता झुक्याउँने यस्ता कार्य सर्वथा अनुचित छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
