Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदीप पौडेलको मुसा प्रवृत्ति : ओलीसंग चर्काचर्की गरेको झुटो प्रचार


  • बुधबार, असोज १ २०८२

  • प्रदीप पौडेलको मुसा प्रवृत्ति  : ओलीसंग चर्काचर्की गरेको झुटो प्रचार

    काठमाडौं– ४६ सालको परिर्वतन पछि एक पटक मुलुकमा त्रिसंघको संसद बन्यो । पञ्चायतमा रजगज गरेका पुर्वपञ्चहरुको पार्टी राष्ट्रिय पार्टीले २० सिट जित्यो । २०५ सदस्यीय संसदमा राप्रपाको २० सिट जतालाग्यो त्यतै सरकार बन्ने स्थिती बन्यो । त्यसको फाइदा उठाउँदै राप्रपाका नेताहरु सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द कहिले एमाले र कहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने ।
    लोकन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए । राप्रपाको एउटा समुह एमालेको समर्थनमा बनेको चन्द सरकार ढालेर कांग्रेसको समर्थनमा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने खेलमा लागे । थापा र कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाविच आलो पालो सरकारको नेतृत्व गर्ने सहमति बन्यो । चन्द सरकार ढल्ने निश्चित भएपछि उक्त सरकारका जल्दाबल्दा मन्त्री कमल थापाले राजीनामा दिए । त्यसपछि साहित्यकार समेत रहेका चन्दले थापाको शैलीप्रति ब्यंग्य गर्दै मुसा प्रवृतिको उपमा दिए । समुन्द्रमा हिडिरहेको जहाज डुब्ने भएपछि मुसाहरु हाम्फाल्न थाले ति मुसाहरु जहाज डुब्नु अघि नै समुन्द्रमा डुबे, चन्दले भनेको कथा यहि हो ।
    केपी ओली नेतृत्वको सरकारमा त्यस्तै मुसा देखिए स्वास्थमन्त्री प्रदिप पौडेल । ओलीले सामाजिक सञ्जालमा बन्देज लगाएपछि जेनजी आन्दोलन भयो । आन्दोलन भएको दिनको साँझसम्म प्रहरीको कार्याबाहीमा १९ जनाको मृत्यु भएपछि कांग्रेस भित्र सरकार छाड्ने छलफल प्रारम्भ भयो । गृहमन्त्री रमेश लेखकले सोहि दिन राजीनामा गरे । संस्थागत रुपमा नै कांग्रेसले सरकार छाड्ने प्रष्ट भएपछि स्वास्थ्य मन्त्री पौडेलले सामाजिक सञ्जालमा राजीनामा घोषणा गरे ।

    भाद्र १९ गते मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै सामाजिक सञ्जाल बन्द गरियो । त्यतिबेला पनि पौडेल बोलेनन् । ५ दिनपछि पत्रकारहरु सडकमा उत्रिएर विरोध गरे ,पौडेल बोलेनन् । त्यसपछि भाद्र २२ गते जेनजीको प्रर्दशन र जनधनको ठुलो क्षति भएपछि र कांग्रेसले सत्ता छोड्ने सुनिश्चित भएपछि राजीनामाको घोषणा गर्दै प्रधानमन्त्रीसंग आधा घण्टा चर्काचर्की गरेको प्रायोजित प्रचार गरिरहेका छन ।

    त्यतिसम्म त ठिकै थियो । ओली सरकार ढलेपछि पौडेलले नयाँ प्रचार अभियान चलाए । ओलीको अन्तिम मन्त्रीपरिषद्को बैठकमा सामाजिक सञ्जाल खोल्नु पर्ने भन्दै पौडेलले आधा घण्टासम्म चर्का चर्की गरेको प्रायोजित समाचार सञ्चार माध्यममा प्रचार गरियो । करिब दुई साता अघि नै मन्त्रीपरिषद्को बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा स्वास्थ्य मन्त्री पौडेल बोलेका थिएनन् । भाद्र १९ गते मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै सामाजिक सञ्जाल बन्द गरियो । त्यतिबेला पनि पौडेल बोलेनन् । ५ दिनपछि पत्रकारहरु सडकमा उत्रिएर विरोध गरे । पौडेल बोलेनन् । त्यसपछि भाद्र २२ गते जेनजीको प्रर्दशन र जनधनको ठुलो क्षति भएपछि र कांग्रेसले सत्ता छोड्ने सुनिश्चित भएपछि राजीनामाको घोषणा गर्दै प्रधानमन्त्रीसंग आधा घण्टा चर्काचर्की गरेको प्रायोजित प्रचार गरिरहेका छन्। बेला बेलामा बालेन र रवि लामिछानेलाई भेटेर स्टनको ट्युसन लिएका उनले अहिले उनीहरुलाई पनि जितेका छन् ।

    सामाजिक सञ्जालको बन्देजलाई लिएर उनले साचाँे विद्रोह गरेको भए मुलुकले यति ठुलो जनधनको क्षती ब्यहोर्नु पर्ने थिएन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij