काठमाडौं – सामाजिक सञ्जाल बन्दको विरोध गर्दै पत्रकारहरुले आइतवार विरोध प्रदर्शन गरेका छन । नेपाल पत्रकार महासंघका पूर्व पदाधिकारी र सदस्यहरुको आव्हानमा विरोध प्रदर्शन भएको हो । सामाजिक सञ्जाल खुला गर्न माग गर्दै गरिएको प्रदर्शनमा महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जाल बन्द गर्नु नेपालको संविधानको विपरित भएको बताए । उनले तत्काल सामाजिक सञ्जाल खुलाउँन माग गरे । विरोध प्रदर्शनमा महासंघका पूर्व कार्यवहाक अध्यक्ष रमेश विष्ट, महासंघका पूर्व महासचिव रोशन पुरी, प्रेस युनियनका महासचिव दिलिप पौडेल, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, रिपोटर्स क्लवका अध्यक्ष ऋषी धमला लगाएतले सम्बोधन गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
