Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीका राजनितिक सल्लाहकारले पनि भने : सम्भवत सामाजिक सञ्जाल बन्द हुन्छ


  • बिहिबार, भाद्र १९ २०८२

  • प्रधानमन्त्रीका राजनितिक सल्लाहकारले पनि भने : सम्भवत सामाजिक सञ्जाल बन्द हुन्छ

    काठमाडौं – दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने मन्त्री परिषदको निर्णय कार्यान्वयन हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनितिक सल्लाहकार विष्णु रिमालले पनि सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन ।

    सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने बताईरहदा सत्तारूढ दलका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द गर्ने संकेत गर्दै सामाजिक सञ्जालमै लेखेका छन –

    सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद अनुभूती हुनेछ ।

    प्रधानमन्त्रीका सल्लाहकार रिमालले पनि सम्भवत सामाजिक सञ्जाल बन्द हुने बताएका छन । उनले सर्वोच्च अदालतलाई देखाउँदै दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने संकत गरेका छन ।

    रिमालले लेखेका छन :

    सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म प्रायः हामी सबैको लत बनेको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । यस्तो लागछ– केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला ?

     

    सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।

     

    लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्।

     

    यही अपेक्षा सहित –– शुभ बिहानी!

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij