काठमाडौं – नेकपा एमालेको विधान अधिवेशन पर्सि २० गतेबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महासचिव शंकर पोखरेलले उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेको बताए। तर उक्त फरक मत अधिवेशनमा छलफल हुने वा नहुने वारे सचिवालय बैठकले टुङ्गो लगाउँने पोखरेलले बताए । ज्ञवाली र पाण्डेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुन पाउँनु पर्ने पक्षमा फरक मत राखेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
