Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रा. डा . गोविन्द केसी पुनः अनसनमा


  • आइतबार, भाद्र १५ २०८२

  • प्रा. डा . गोविन्द केसी पुनः अनसनमा

    काठमाडौं – प्रा. डा . गोविन्द केसी पुनः अनसन बसेका छन । मेडिकल कलेजको सिट संख्या वृद्धिको निर्णय फिर्ता सहित ४ बुँधे माग राखेर उनी अनसनमा बसेका हुन । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिएका हुन् ।

    उनका माग यस प्रकार छन :

    १. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न।

     

    २. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न।

     

    ३.लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरिन्छ।

     

    ४.युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij