काठमाडौं – विष्णुमति र साङले खोलामा पानिको बहाव खतरा तह पारे गरेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
“साउन ३१ गते, दिउँसो ३ः४५ बजे । काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ,”विभाग द्वारा जारी सुचनामा भनिएको छ ।
साङले खोलामा पनि पानीको बहाव उच्च छ । केहि घरहरुमा पानी समेत पसेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
