एजेन्सी -मंगलबार,भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा खीर गंगा नदीको माथिल्लो भागमा फुटेपछि विनाशकारी बाढी आएको छ। गंगोत्री धाम जाने तीर्थयात्री मार्गमा अवस्थित यस गाउँमा बाढीको पानीले घर, पसल र पूर्वाधार बगाएपछि व्यापक विनाश भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
प्रहरी रिपोर्टले खीर गढ नदीको बढ्दो सतहले गम्भीर क्षति पुर्याएको पुष्टि गरेको छ। गाउँका सडकहरूमा हिलो पानीको बाढी बगिरहेको, भवनहरू भग्नावशेषमा परिणत भएको र बासिन्दाहरूलाई सुरक्षाको लागी अन्यत्र सरिएको समाचारमा जनाईएको छ ।
अहिले सम्म ४ जनाको मृत्यु भएको र ५० बढी वेपत्ता भएको पुष्टी भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
