काठमाडौं – टोखा नगर पालिका वार्ड नं . ७ मा निर्माण गरिएको पार्कमा अज्ञात समूहले तोडफोड गरेको छ । राति १ बजे एउटा समूहले पार्क तोडफोड गरी वत्ति र बाल सहितका संरचना ध्वस्त बनाएको छ । दुई हप्ता अघि मात्रै सम्पन्न गरिएको उक्त पार्क भत्काउन २० – २५ जनाको समूह आएर १५ मिनेटको अवधिमै पार्क भत्काएको स्थानियले बताएका छन । घटना स्थलबाट राति नै प्रहरीले २१ वटा फलामको गल र केहि थान बोलबम लेखिएको कपडा फेला पारेको थियो ।
पार्क भत्काएको प्रति टोखा नगरपालिका वार्ड नं ७ का वडा अध्यक्ष नरोतम रानाले आश्चर्य प्रकट गरे । पार्क निर्माणका वेला कसै संग कुनै विवाद नभएको उनले बताए ।


तस्वीरहरु : अर्नव विष्ट
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
