Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिम स्टार उर्जाको आइपीओ बाँडफाँट


  • बुधबार, असार ३२ २०८२

  • हिम स्टार उर्जाको आइपीओ बाँडफाँट

    काठमाडौं – हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको आइपीओ आज असार ३२ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा आज दिउँसो ३ बजे हिम स्टार ऊर्जाको आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत असार २४ गतेदेखि असार २७ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

    क्यापिटलका अनुसार यो आइपीओमा २० लाख ४४ हजार ४५६ आवेदकबाट कुल २ करोड ४० लाख १३ हजार ९७० कित्ता शेयर माग भएको थियो। त्यसमध्ये १८ लाख ९५ हजार ३७६ आवेदकबाट माग भएको २ करोड १२ लाख ३१ हजार ३३० कित्तामात्रै सदर भएको छ। यो हिसाबले १ लाख ४९ हजार ८० आवेदकबाट माग भएको २७ लाख ८२ हजार ६४० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७७ हजार ३९७ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्येबाट ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। यो आइपीओमा १८ लाख १७ हजार ९७९ आवेदकबाट हात खाली भएको छ।

    यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपओि नतिजा ३ तरिकाबाट हेकर्न सकिनेछ । सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट https://www.nicasiacapital.com/ipo-result मेरो शेयरबाट https://meroshare.cdsc.com.np/#/login हेर्न सकिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij