Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेयर बजारमा दोहोरो अंकको वृद्धि


  • मंगलबार, असार ३१ २०८२

  • शेयर बजारमा दोहोरो अंकको वृद्धि

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा बन्द भएको छ।आज ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ ।

    आज २०९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको १.९२ प्रतिशत, विकास बैंक समूहको १.५९ प्रतिशत, फाइनान्स समूहको १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१५ प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij