Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिशुली नदीको बुढी गण्डकी दोभान सम्म सर्तकता अपनाउँन आग्रह


  • मंगलबार, असार २४ २०८२

  • त्रिशुली नदीको बुढी गण्डकी दोभान सम्म सर्तकता अपनाउँन आग्रह

    असार २४ः
    नारायणी नदी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको। यस विभागको भोटेकोसी स्थित रसुवा-स्याप्रुवेसी जलमापन केन्द्रमा आज विहान ३ ३० बजे बाढी पुगेको देखिन्छ। त्यसैगरि उक्त बाढी विहान ५ बजे त्रिशुली स्थित वेत्रावती पुगेको देखिन्छ। बेत्रावती केन्द्रमा बहाब करीव साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको देखिन्छ। प्रारंभिक रुपमा यस बाढीको प्रभाव त्रिशुली नदीको बुढी गण्डकी दोभान (वेनिघाट) आसपास सम्म पर्ने देखिएकोले आज दिउसो सम्मै सतर्कता जरुरी देखिएको छ। बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको छ र संभावित कारणको अध्ययन शुरु गरेको छ।

    आज बिहानको मापन अनुसार कोशी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij