काठमाडौं – मुलुकको सबै भन्दा बढी ठूलो आकारको बजेट ल्याउने स्थानिय तह काठमाडौं महानगर पालिकाको बजेट अनिश्चित भएको छ । आन्तरिक विवादमा फसेको काठमाडौं महानगरको कार्यपालिका बैठक समेत गत पुष देखी बस्न सकेको छैन । मेयर वालेन्द्र साह र प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाई विचको विवादले महानगर बजेट नै ल्याउँन नसक्ने अवस्थामा पुगेको हो ।
पछिल्लो समय उपमेयर सुनिता डंगोल र प्रवक्ता नविन मानन्धरले गरेको पहल समेत सफल नभए पछि बजेट नै अनिश्चित बनेको हो । विवादले महानगरको नियमित काम समेत प्रभावित भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
