काठमाडौं – भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएका विपक्षी दलहरुले भोलीको बजेट भने नरोक्ने भएका छन । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतका विपक्षी दलले गृहमन्त्रीको राजिनामाको मागलाई भने छाडेका छैनन् । उनीहरुले गृहमन्त्री लेखकलाई संसद्मा बोल्न भने नदिने भएका छन । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विच भएको छलफलमा गृहमन्त्रीले राजिनामा नदिने निचोड निकालिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
