काठमाडौं -नेपाली बजारमा शुक्रबार सुनचाँदी मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार यस्तो सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदी आज २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तोलाको २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
