काठमाडौं – काठमाडौं महानगर पालिकाले नुवाकोटमा उत्पादन भएका तरकारी बालाजुको माछापोखरीमा बेच्न नदिए पछि नुवाकोटका किसानले काठमाडौंबाट नुवाकोट लागिएको फोहोरको गाढी रोकिदिएका छन । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । अन्य गढिलाई चाल्न दिए पनि फोहोरको गाढी भने रोकिदिएका छन ।
बिहान ४ बजे देखि ७ बजे सम्म बालाजुको माछा पोखरी क्षेत्रमा तरकारी बेच्दै आएका साना ब्यापारी माथी महानगरले बिहान ४ बजे देखि नै ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेर दमन गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
