काठमाडौं – शुक्रवार विहान ४ बजे नै वालाजुको माछापोखरी क्षेत्रमा काठमाडौं महानगरका प्रहरीहरु ठूलो संख्या तैनाथ थिए । उनीहरु नुवाकोटबाट ल्याइएको तरकारी त्यस क्षेत्रको सड्क छेउछाउ बेच्न नदिन तैनाथ थिए । केहि समय देखि नै महानगर त्यस क्षेत्रमा तरकारी बेच्ने विरुद्ध सक्रिय थियो । शुक्रवार महानगरले तरकारी बेच्ने माथी ठूलै धरपकड गऱ्यो ।
त्यसको प्रतिक्रिया स्वरूप नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा ४०–५० जनाका भेला भएर सडकमा तरकारी राखेर बाटो अवरोध गरेर विरोध जनाए । नुवाकोट र काठमाडौंबाट गएको प्रहरीले बाटो खुलाए ।
काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहको सड्क पेटी खुला राख्ने निति अन्तर्गत साना सड्क आश्रित ब्यवसायी माथी महानगर प्रहरीले धरपकड गर्दै आएको छ ।
विहान ४ बजे देखि ७ बजे सम्म नुवाकोटमा उत्पादन भएको तरकारी त्यस क्षेत्रमा बेचिदै आएको छ । त्यसले कसैलाई अवरोध नपुगेको सड्क व्यवसायीहरु बताउँछन् ।
आफ्नो उत्पादनलाई बजारसम्म पुऱ्याएर बेच्न अवरोध र धरपकड गरे पछि नुवाकोटका किसान काठमाडौं महानगर देखि आक्रोशित छन ।
एक किसानले भने – ‘दशकौं देखि नुवाकोटमा काठमाडौंको फोहर विर्सजन गर्न हामीले दिएका छौं । हामिले नुवाकोटमा उत्पादन गरेको तरकारी चाहीं काठमाडौं महानगरमा बेच्च नदिने ?’ उनी थप्छन – ‘विहान सात बजे सम्म बेच्दा कसलाई अवरोध हुन्छ ?’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
