Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसका सादगी नेता तिर्थराम डंगोलको निधन


  • शनिबार, बैशाख १३ २०८२

  • कांग्रेसका सादगी नेता तिर्थराम डंगोलको निधन

    काठमाडौं – नेपाली कांग्रेसका नेता तिर्थराम डंगोलको निधन भएको छ । नेपाली प्रजातान्त्रीक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका डंगोल सादगी र सरल नेता हुनुहुन्यो । नेपाली कांग्रेसको काठमाडौंको राजनितिमा सक्रिय डंगोल पूर्वमन्त्री समेत हुन ।

    विसं. २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०४३ मा काठमाडौंको उपमेयर भएका उनी कांग्रेस काठमाडौं जिल्ला सभापति भएका थिए ।

    ०५६ मा सांसद भएका डंगोल संविधान सभा को सभासद् बनेका थिए । डंगोल स्वास्थ्य राज्यमन्त्री समेत बनेका थिए ।

    डंगोलको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij