काठमाडौं – काठमाडौं महानगर पालिकाका करिव पाँच हजार कर्मचारी र जनप्रतिनिधिले तलब पाएका छन । उनीहरुले तीन देखी पाँच महिनाको तलब पाएका हुन ।काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवादले मेयर बालेन्द्र साहले प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाई लाई काम गर्न नदिए पछि महानगरको आर्थिक कारोबार ठप्प थियो ।
उममेयर सुनिता डंगोल सहित जन प्रतिनिधि हरुले गुरागाई लाई महानगर फर्काए पछि तलब लगाएतका भुक्तानी प्रक्रिया सुरु भएको छ । मेयर साह भने महानगरमा उपस्थित भएका छैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
