Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न


  • शुक्रबार, चैत्र ८ २०८१

  • सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न

    काठमाडौं -सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको अनमोट बैंक्वेटमा भएको थियो ।

    उक्त सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

    यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij