Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि एसइई सुरु


  • बिहिबार, चैत्र ७ २०८१

  • आजदेखि एसइई सुरु

    काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज देखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८२ असार ७ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गरिनेछ ।

    परीक्षामा नेपालबाट ५ लाख १४ हजार ७१ र जापानबाट २९ जना विद्यार्थी सहभागी हुने भएका छन् । नेपाल बाहिर जापानमा मात्र एसईई परिक्षा सञ्चालन हुँदैछ ।

    यस वर्ष देशभरका २,०८० परीक्षा केन्द्र तोकिएको छ भने जापानमा एउटा मात्र परिक्षा केन्द्र तोकिएको छ । केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा समेत परीक्षा केन्द्र तोकिएको छ । जिल्लागत रुपमा एसईईमा सबैभन्दा बढी ३९,६०० परीक्षार्थी काठमाडौंबाट सहभागी हुँदैछन् भने सबैभन्दा कम ४३ जना परीक्षार्थी मनाङ जिल्लाबाट परीक्षा दिनेछन् ।

    यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij